Aamsanchar

ब्राइटनलाई पराजित गर्दै लिसेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

Author Image
आइतवार, फागुन २३, २०७७

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गर्दै ५३ अंक बनाएर लिसेस्टर सिटी दोस्रो स्थानमा पुगेको हो । यसअघि म्यानचेस्टर युनाइटेड ५१ अंकसहित दोस्रो स्थानमा रहेको थियो ।

गएराति भएकै अर्को खेलमा साउथ ह्याम्पटनले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै साउथ ह्याम्पटनको ३३ अंकसहित १४ औँ स्थानमा छ । सेफिल्ड युनाइटेड १४ अंकसहित २० औँ स्थानमा रहेको छ ।

यस्तै आर्सनल र बर्नलीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको छ भने एस्टोन भिल्ला र वुल्भ्सबीचको खेल गोलरहित बराबरी भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर