Aamsanchar

मेयर कपमा त्रिभुवन आर्मीको पहिलो जित

Author Image
सोमवार, फागुन २४, २०७७

काठमाडौं –मेयर कप क्रिकेटअन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर-११ माथि ५ विकेटको जित निकालेको हो । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १५६ रन बनायो ।

आर्मीका लागि सोमपाल कामीले ८० रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ९ चौका र ६ छक्कासहित ८० रन बनाए । आर्मीका लागि विनोद भण्डारीले २० रन बनाए । त्यस्तै कुशल मल्लले २३ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर(११ ले ४२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

काठमाडौं मेयर-११ का लागि सन्दीप रजाइलीले ३७ रनको योगदान गरे । त्यस्तै सौरभ खनालले ४२ रन बनाउँदा सन्दीप लामिछानेले १३ रन बनाए । बलिङतर्फ आर्मीका लागि साहव आलमले सर्वाधिक ४ विकेट लिए । त्यस्तै जितेन्द्र मुखियाले तीन विकेट लिए । त्यस्तै सोमपाल कामी, विक्रम सोब र कुशल मल्लले समान एक(एक विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर