बिर्तामोड । देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र शिप बेचीरहेका छन् । त्यस्तै गाउँ सरहमा कामै छैन भनेर त्यतीकै समय खेर फाल्नेहरुको संख्या पनि कम छैन । त्यसमा पनि आजभोली धेरैको वहाना लकडाउन र केरोना कहर बन्न छोडेको छैन । आजको दिनमा कोरोना कहर कमहुदै गएको छ, जनजीवन सामान्य अवस्थामा आउदै गरेको भए पनि विगतलाई हेर्ने हो भने कोरोना कहरकै कारणले कयौं क्षेत्रमा आवद्ध व्यक्तीहरुले रोजगारी गुमाउनु गरेको अवस्था अथार्थ छरलङ्ग रहेको छ । कोरोना करहले सृजना गरेको जटिलतालाई झट्न हेर्ने हो भने धेरैको लागि असफलता र नोक्सानी मात्र नजरअन्दाज हुने गरेको छ । तर त्यही कोरोना कहर लकडाउनले केही सचेत र कर्मशिलहरुका लागि अवसर र उद्यमी बन्न तर्फ अभिप्रेत गरेको छ । त्यस्तै लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना वौधिक व्यक्तीहरु कोरोना कै कारणले आफै मालिक बनेर स्वरोजगारी बनेका छन् ।
झापाको बिर्तामोड, अर्जुनधारा लगायतका क्षेत्रमा रहेका प्राध्यापक, शिक्षक, कर्मचारी, सिए, मझौला व्यवसायमा अवद्ध व्यक्तीहरुको उपस्थिती कृषि क्षेत्रमा देखिएको छ । शिक्षित वर्ग कृषि पेशामा लाग्दा कृषि क्षेत्र र उत्पादनमा पनि उल्लेखनिय उपलब्धी हुने सोच बनाएर प्राध्यापकहरु केशव ढुङ्गाना, जीवन रिजाल, शिक्षकहरु रुकमिणा ढुङगाना, टिका ढकाल, कर्मचारी इन्द्रजीत नेपाल, व्यापारीहरु नारायनी निरौला, मधुसुधन रिजाल, राधीका कोईराला, मोहनप्रसाद रिजाल त्यसैगरी कृषि पेशमै रहेकी निर्मला नेपाल र चार्टरएकाउण्ट (सिए) प्रगती रिजाल मिलेर झापाको अर्जुनधारा–१०, श्रीराम चोकमा पूर्ण वहुआयमिक कृषि उद्योग प्रा.लि. संचलनमा ल्याएका छन् ।
दुई विघाह क्षेत्रफलमा सुरु गरिएको कृषि परियोजनामा हाल ३० वटा ठुला टनेलमा च्याउ खेती गरिएको छ । त्यसैगरी सुरुवाती चरणमा ड्रागन फुट खेती, अग्र्यानिक तरकारी र गडेउला मल प्रसोधन जस्ता काम सुरु गरिएको छ ।
धोरै लगानी गरेर साझेदारी (सामुहिक) योजनामा पनि राम्रै आयआर्जन गर्न सकिने अवस्थालाई बुझेर ११ जना शेयरधनीहरुले जनही दुईलाखका दरले लगानी गरेका छन् । आगामी योजना अनुसार लगानी बढाउदै जाने सोच रहेको संचालक सदस्य मधुसुधन रिजालले बताए ।
गत ६ महिना अघि जमिन व्यवास्थापन र पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । सुरुवातीको छोटो समयमै कृषि उद्योगले राम्रो प्रतिफल दिन थालेको संचालक सदस्य राधीका कोईरालाले बताईन् ।
अनौपचारिक रुपमा संचालनमा ल्याईएको पूर्व वहुआयमिक कृषि उद्योगको सोमबार विधिवत उद्घाटन गरिएको छ ।
कृषि उद्योगका अध्यक्ष मोहनप्रसाद रिजालको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरीकुमार रानाले कृषि उद्योगको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा–१० का वडाध्यक्ष भोला गौतम, कृषि अर्थ विज्ञ शालिकराम भट्टराई, पशु पन्छी विभागका पूर्व महानिर्देशक डाक्टर प्रलाद सापकोटा लगायतले कृषि पेशा र आवश्यकताको बारेमा धारणा राखेका थिए ।
कृषि उद्योगका सचिव केशव ढुङगानाले औचित्यमाथी प्रकास पारेका थिए । कार्यक्रममा टीकादेवी रिजालले स्वागत र कार्यक्रमका संयोजक जीवन रिजाले संचालन गरेका थिए ।