Aamsanchar

माईखोलाले १३ मन्दिर बगाउने खतरा

Author Image
शनिवार, असोज २९, २०७३

maiझापा

माईखोलाको बाढीले झापाको शिवसताक्षी ९ स्थीत माईधाम क्षेत्रमा कटान गर्दा त्यहाँका ११ परिवार बाढीको जोखिममा परेका छन ।स्थानीयका अनुसार ११ घरका परिवार र १ दर्जन स्थायी संरचना बाढीले बगाउने खतरा बढेको हो।

सो क्षेत्र पुर्वमा धार्मिक दृष्टिकोणले महत्वपुर्ण मानिदै आएको छ । पुर्वपश्चिम राजमार्गको कन्काईपुल उत्तरको बाँधपनि बाढीले बगाउने खतरा बढेको छ । सो बाँध ०३६ सालमा निर्माण भएको थियो । बाँधमा  ४३ घरका परिवार बस्दै आएको स्थानिय रविन न्यौपानेले बताए ।

उनका अनुसार, त्यहाँ विभिन्न देवदेवताका १३ वटा मन्दिर रहेका छन । माईखोलामा पानिको सतह नघट्दा स्थानियमा त्रास फैलिएको छ । सो क्षेत्र १ महिना यता १४ घर पुर्ण विस्थापित भएको सेतोपाटीमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर