तुला संक्रान्ति
महीनाको प्रथम दिनलाई सक्रान्ति भनिन्छ भने महीनाको अन्त हुने दिनलाई मसान्त भनिन्छ, आज तुला सक्रान्ति अर्थात सूर्य कन्या राशीवाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा सक्रान्तिहरु हुन्छन र सक्रान्तिको दिनमा सूर्य एउटा राशीवाट अर्को राशीमा प्रवेश गर्दछ । आजको सक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ । यस सक्रान्तिलाई मत्स्यपूराणमा अत्यन्त महत्वपूर्ण सक्रान्तिकारुपमा ब्याख्या गरिएको पाईन्छ, एक दिन अगाडीवाटै एक छाकमात्र खाएर तुला सक्रान्तिमा व्रत वस्ने चलन छ, यस दिनको व्रतले धेरै फल दिने जनविश्वास रहेको छ । आजवाट हिन्दु क्यालेन्डर अनुसारको सातौँ महिना अर्थात कार्तिक शुरु भयो है, यस दिन खेतमा अन्न वालीहरु सप्रियोस र राम्रो हिसाबले अनि कुनैपनि प्राकृतिक विपत्ति विनानै अन्न भित्राउन पाइयोस भनेर पूजाअर्चना गरिन्छ ।
विस्तारै विस्तारै आकाशवाट शीत झर्न थालेको छ, सिरेटोको अनुभव पनि हुँदैछ होला र अब साँझहरु छिटै पर्न थालेका छन् । घरखेतमा धानका वालाहरु लहलहाउन थालिसके, मसिंर नजिक आँउदैछ जब धान काटेर दाउनी गरेर अन्न भित्राउन भ्याइनभ्याइ हुन्छ ।
यसपालाको वाली सप्रियोस, भकारी भरेर अन्न भित्राउदै किसानहरुमा हर्ष छाओस । असार श्रावणमा रोपाँई गरेका धानका विउहरुले अब पसिनाको मुल्य दिने वेला आँउदैगर्दा सबैजनामा आशा र मुस्कानको सञ्चार होस्, शुभकामना ।