Aamsanchar

नेपाल–खनाल समूह अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने

Author Image
शुक्रवार, चैत १३, २०७७

काठमाडौंः नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूह अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । काठमाडौंंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको खनाल–नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको केन्द्रीय सदस्य रविन्द्र अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक आज ९शुक्रबार० दिउँसो ३ बजे आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

यसअघि बालुवाटारमा बैठक बोलाइएको भन्दै यो समूह सहभागी भएको थिएन। केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने निर्णय पनि गरेको अधिकारीले बताए।साथै बैठकले पार्टीलाई फुटबाट जोगाउन हरसम्भव प्रयत्न गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर