सिन्धुली ।
कोदो खेती फस्टाएपछि सिन्धुलीका किसानले यसवर्ष मनग्गे आम्दानी लिने भएका छन् ।
रोप्ने र फुल्ने समयमा पर्याप्त वर्षा भएसँगै कोदोको उत्पादनमा वृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीका जलकन्या, मझुवा, बन्दीपुर, बस्तीपुरलगायतका क्षेत्रमा कोदो खेती गरिएको छ । सिन्धुलीका अधिकांश सिंचाई सुविधा नभएका र सुख्खा टारीहरुमा किसानले कोदो खेती गर्ने गरेका छन् ।
सिन्धुलीमा कोदो प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्म बिक्री हुँदै आएको छ । अन्य अन्न बालीको तुलनामा कोदोका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झट समेत नहुने भएकाले मकै, धान, गहुँको तुलनामा कोदो खेती गर्नका लागि किसानले सजिलो मान्दै आएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 143