काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग सीमा जोडिएका नाकाहरुमा हेल्थ डेस्कबाट पहिचान भएका केसहरुलाई उपचारका निम्ति १४ वटा अस्पताल तोकेको छ । सोमबार सूचना जारी गर्दै सरकारले स्थल र हवाईमार्ग प्रयोग गरी नेपाल भित्रिने व्यक्तिमा कोरोना पुष्टि भएको खण्डमा उपचारका लागि सम्बन्धित सूचीकृत अस्पताललाई निर्देशन दिएको छ ।
प्रदेश १ बाट
मेची अस्पताल
कोसी अस्पतालको अस्थायी कोरोना विशेष अस्पताल
इलाम अस्पताल
प्रदेश २ बाट
नारायणी अस्पताल
सिरहा अस्पताल
रौतहट अस्पताल
वाग्मती प्रदेशमा
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
सिन्धुपाल्चोक अस्पताल
रसुवा अस्पतालमा
लुम्बिनी प्रदेशमा
भीम अस्पताल
कपिलवस्तु अस्पताल
भेरी अस्पताल
सुदूरपश्चिम प्रदेशमा
महाकाली अस्पताल
सेती प्रादेशिक अस्पताल
सूचीकृत अस्पतालमा कोरोना उपचारका लागि आएका बिरामीको खर्च सरकारले नै व्यहोर्ने उपचार गराइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् ।