Aamsanchar

पहाडी भू–भागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

Author Image
बिहिवार, चैत १९, २०७७

काठमाडौं-जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलिको अवस्था रहेको छ । बांकी भू–भागमा बदली नरहे पनि तुवाँलो रहेको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ विभागले बताएको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर