Aamsanchar

ताइवानमा सुरुङ भित्र रेल दुर्घटना

Author Image
शनिवार, चैत २१, २०७७

ताइवानको एक सुरुङभित्र रेल दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । यसलाई शताब्दीकै भयानक दुर्घटनाका रूपमा लिइएको छ । राष्ट्रपति साई लिङ वेनले घटनाको अनुसन्धान गर्न निर्देशन दिएकी छन् । राष्ट्रपति साईले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेकी छन् ।

४ सय ९४ यात्रु बोकेको आठ डब्बायुक्त उक्त रेल निर्माण सामग्री बोकेको एक सवारी साधनसँग ठोक्किएको थियो । उद्धारकर्ताले सुरुङभित्र च्यापिएका घाइतेलाई उद्धार गरेका थिए । केहीले भने रेलको सिसा फोडेर ज्यान जोगाउन सफल भएका थिए ।

राजधानी सहर ताइपेईबाट ताइतुङसम्मको गन्तव्यमा हिँडेको उक्त रेलमा लामो बिदा मनाउन हिँडेका यात्रु धेरै थिए । रेल खचाखच भरिएकाले केही यात्रु उभिएरै यात्रा गरिरहेका थिए । उक्त रेललाई सुरक्षित रेलका रूपमा लिइन्थ्यो र यसको गति १ सय ३० किलोमिटर प्रतिघण्टा थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर