Aamsanchar

प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिए

Author Image
शनिवार, चैत २८, २०७७

विराटनगर । प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा १–१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज सम्म ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १९५ जनाको पीसीआर परीक्षण गर्दा ७ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर