Aamsanchar

आईपीएलमा पन्जाबद्वारा राजस्थान ४ रनले पराजित

Author Image
मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं- पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा पन्जाबले राजस्थान रोयल्समाथि ४ रनको जित निकालेको हो । वान्खाडे स्टेडियममा पन्जाबले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धातित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि सन्जु श्यामसनले शतकीय पारी खेले ।

६३ बल खेलेका उनले १२ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । त्यस्तै जोस बट्लर र रियान प्रयागले समान २५ रन बनाए । बलिङतर्फ पन्जाबका लागि अर्सदिप सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहमेद श्वामीले २ विकेट लिँदा जे रिजर्डसन र रिले मेरेडिटले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनाएको थियो ।
पन्जाबका लागि केएल राहुलले ९१ रनको अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ७ चौका र ५ चक्का प्रहार गरे ।
त्यस्तै पन्जाबका लागि दीपक हुड्डाले ६४ रनको अर्धशतकीय पारी खेले । २८ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे ।
पन्जाबका लागि क्रिस गेलले ४० रन बनाउँदा मयंक अर्गवालले १४ रन बनाए । बलिङतर्फ राजस्थानका लागि चेतन सकारीयाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै क्रिस मोरिसले दुई विकेट लिँदा रियान प्रागले एक विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर