Aamsanchar

वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गरिने

Author Image
मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं –सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउन सुरु गर्ने बताएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको छ ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर