Aamsanchar

विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका खेल

Author Image
बुधवार, वैशाख १, २०७८

मोरङ – विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ । विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३–० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २– ० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका विजेता संकटा ब्वाइज स्पोटिङ्ग क्लब विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएशनलाई १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पञ्जाब पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पञ्जाबले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २– ० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।

अन्तिम क्वाटरफाइनल खेलमा दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोलरहित बराबारी खेले । विराट गोल्डकपको पूर्व विजेता संकटाले खेलको ६१ औं मिनेटमा गणेश हमालले गरेको गोल टिमको जितका लागि निर्णायक बन्यो । संकटाका विदेशी खेलाडी ओडी गोर्लीले क्रस साइटदेखि निकालिएको पास गणेशले हेडमार्फत जाली चुमाए ।

खेलको म्यान अफ द म्याच संकटाका गोलरक्षक राजाबावु थापा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छन् । १९ औं आहा–रारा गोल्डकपको फाइनलमा क्यामरुनलाई ४–२ ले पराजित गर्दै संकटाले सिजनकै पहिलो उपाधि उचालेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर