धनकुटा — प्रधानमन्त्री केपी शर्मा ओलीबाट दुई वर्षपहिले तामझामका साथ शिलान्यास गरिएको राँके–रवि–भेडेटार सडकमा १५ प्रतिशत मात्र काम सकिएको छ । पाँचथरको रविदेखि धनकुटाको भेडेटारसम्मको १०३ किमि सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी एफ्को इन्फ्राको प्रालिसँग सन् २०१८ नोभेम्बरमा ठेक्का सम्झौता भएको थियो ।
कोरोना र अरू बहाना बनाउँदै ठेकेदारले काम ढिलो गरेको हो । समयमै काम नहुने भएपछि सरकारले सम्झौता गरिएको भन्दा २ सय ६४ दिन थप समय उपलब्ध गराएको थियो । आगामी सन् २०२२ अगस्टभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्नेमा पछिल्लो चार महिनादेखि निर्माण कम्पनी झनै निष्क्रिय बनेको छ । कुल ३ करोड २६ लाख १८ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको हो । हालसम्म २७ लाख डलरको मात्र काम भएको सडक आयोजनाका प्रमुख अभिनन्ददास मुल्मीले बताए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 375