Aamsanchar

झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर प्रथम

Author Image
आइतवार, वैशाख ५, २०७८

बिर्तामोड-झापा जिल्लास्तरीय १२ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भद्रपुर नगरपालिका प्रथम भएको छ । आइतबार सम्पन्न तीन दिने प्रतियोगिताअन्तर्गत भद्रपुरले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जितेको हो । त्यस्तै, एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कास्य जितेको छ ।

दोस्रो हुने अर्जुनधाराले ८ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ । एथ्लेटिक्समा ३, तेक्वान्दोमा ३ र उसुमा २ स्वर्ण जितेको छ । एथ्लेटिक्समा १, करातेमा २, तेक्वान्दोमा ३ र उसुमा ४ रजत जितेको छ । एथ्लेटिक्समा १, करातेमा १ र तेक्वान्दोमा २ र उसुमा २ कास्य जितेको छ ।

तेस्रो भएको मेचीनगरले ५ स्वर्ण, ७ रजत र ११ कास्य पदक जितेको छ । एथ्लेटिक्समा २, करातेमा २ र तेक्वान्दोमा १ स्वर्ण जितेको हो । एथ्लेटिक्समा ३, भलिबलमा १, तेक्वान्दोमा ३ रजत जितेको छ । एथ्लेटिक्समा ४, करातेमा १, तेक्वान्दोमा ६ कास्य जितेको छ ।

यसैबीच, दमकले ५ स्वर्ण, ३ रजत र २ कास्य जितेको छ भने शिवसताक्षीले ५ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । कमलले ५ स्वर्ण, २ रजत र १ कास्य, बिर्तामोडले ३ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । कनकाईले १ स्वर्ण, ५ रजत र ३ कास्य, बाह्रदशीले १ स्वर्ण, ४ रजत र ६ कास्य, गौरादहले १ स्वर्ण र २ कास्य, कचनकवलले १ रजत र १ कास्य, बुद्धशान्तिले १ रजत र ५ कास्य, हल्दिबारीले १ रजत र ३ कास्य, गौरीगञ्जले १ रजत र १ कास्य जितेको छ । झापा गाउँपालिकाले एउटा पनि पदक जित्न सकेन ।

झापाका ८ वटा नगरपालिका र ७ वटा गाउँपालिकाबाट छानिएर आएका खेलाडीले जिल्लाको छनोट प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न ६ विधामा प्रतिस्पर्धा भएको झापा जिल्ला खेलकुद विका िसमितिका प्रमुख टहल मैनालीले बताए । एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ विधाका प्रतिस्पर्धाबाट ७६ जना खेलाडी छनोट भएका छन् । ६ वटै विधामा छात्र र छात्राको अलगअलग सहभागिता र प्रतिस्पर्धा रहको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोटमा भाग लिन पाउने मैनाली जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा १३ इभेन्टस्, कराते, तेक्वान्दो र उसुमा चारचार इभेन्टस् भएका थिए । जिल्लाको प्रतिनिधित्व गर्ने खेलाडीले यही बैशाख १० र ११ गते प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने छन् । प्रदेशमा छानिएको खेलाडीले बैशाख २९ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्नेछ । झापामा जिल्लास्तरीय छनोटमा खेलाडी, प्रशिक्षक र अफिसियल गरेर झन्डै एक हजार पाँच सयजना सहभागी रहेका थिए । प्राविधिक, निर्णायक र रेफ्री मात्र १५० जना थिए ।

झापामा एथ्लेटिक्सबाट ११÷११ जना छात्रछात्रा, कबड्डी र भलिबलबाट ९÷९ जना छात्रछात्रा तथा कराते, तेक्वान्दो र उसुबाट ३÷३ जना छात्रछात्रा गरी ७६ जना खेलाडी छनोट भएको मैनालीले बताए । प्रत्येक खेलबाट एकएक जना गरी ६ जना प्रशिक्षक र एकजना टोली नेताले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर