काठमाडौं – काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा पर्ने भएका छन् । मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’
पराजुलीका अनुसार सार्वजनिक यातायतमा मास्क लगाएरनलगाएको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ । यसअघि गत वर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 128