

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण भएर अस्पताल भर्ना हुनुभएका कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । सोमवार (भोलि) सम्म श्रेष्ठ डिस्चार्ज हुने सम्भावना रहेको कलाकार हरिवंश आचार्यले जानकारी दिनुभयो ।

केही दिनअघि कोरोना सङ्क्रमित हुनुभएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उहाँका परिवारका अरू सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको छ । कलाकार आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई भने अस्पताल भर्ना गर्नु परेको छैन । गएको वैशाख ६ गते श्रेष्ठसहित उहाँका परिवारका पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
Views: 179


