Aamsanchar

मेची राजमार्गमा मनोमानी भाडा असुली

Author Image
बिहिवार, कार्तिक ४, २०७३

पाँचथर, ।gadi

दशैं सकिएर घर तथा कार्यक्षेत्र फर्कने यात्रुहरुबाट पाँचथरमा यातायात ब्यवसायीहरुले मनोमानी भाडा असुली गर्न थालेका छन् ।

जिल्लामा भाडादर निर्धारण भएपनि अहिलेसम्म तोकिएको भाडादर कार्यान्वयन नगरी मनोमानी भाडा असुली गर्ने गरेको यात्रुहरु वताउँछन् ।

मेची राजमार्गको पाँचथर सदरमुकाम फिदिम देखि झापाको विर्तामोड सम्मको भाडा जिपमा ५ सय र वसमा ४ सय ५० रुपैया तोकिएपनि यातायात व्यावसायी र सवारी चालकहरुले भने ७ सय देखि १ हजार रुपैंया सम्म भाडा लिँदै आएका छन् ।

यात्रुको चाप अनुसारको सवारी साधनहरु नहुँदा यात्रुहरु झुण्डिएर र कोचाकोच गरेर यात्रा गर्न वाध्य छन् ।

मनोमानी ढंगबाट भाडा असुली रहँदा पनि सम्वन्धित निकायहरु भने मौन छन् । यस्तै जिल्लाको ग्रामिण भेग झन् मनलाग्दो भाडा नदिए सवारी साधानमा चढ्नै नदिने गरेको यात्रुहरु वताउँछन् ।

यसैविच पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने यसबारे चाँडै अनुगमन गर्ने बताए ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर