Aamsanchar

विराटनगरमा अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्यामा बृद्दी

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

विराटनगर — विराटनगरमा अस्पताल भर्ना हुने संक्रमितको संख्या बढेको छ । एक सरकारी र दुई निजी अस्पतालमा पछिल्लो १२ घण्टामा ४८ संक्रमित भर्ना भएका छन् ।  तीमध्ये सोमबार बिहान एक जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा दुई सातामा १ हजार २७ जनामा कोरोना पुष्टि भएको छ ।

विराटनगर महानगरपालिकामा मात्र ५ सय ९ जना संक्रमित भेटिएका छन् । पछिल्लो १२ घण्टामा प्रदेशभर १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ७५ जना महानगरवासी छन् । कोसी अञ्चल अस्पतालको कोभिड अस्पतालमा सोमबारसम्म ३० जना संक्रमित उपचारका लागि भर्ना भएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार भर्ना भएकामध्ये दुई जनाको उपचारका क्रममा र एक जनाको अस्पतालको गेटमा ल्याइपुर्‍याउँदा मृत्यु भएको थियो । नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजले आइतबारदेखि संक्रमितको उपचार सुरु गरेका छन् । पहिलो दिन नै विराटमा २८ जना भर्ना भएका छन् ।

विराजका कोभिड विभाग प्रशासन प्रमुख सुनील देवका अनुसार भर्ना भएकामध्ये २२ जना जनरल वार्डमा र ६ जना आईसीयूमा छन् । नोबेलको कोभिड शय्यामा पछिल्लो १२ घण्टामा भर्ना भएका ७ मध्ये सोमबार बिहान एक जनाको मृत्यु भएको अस्पतालका कोभिड प्रशासन प्रमुख दीपेश न्यौपानेले बताए ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर