Aamsanchar

पाकिस्तानमा भारतीय टिभी च्यानलमा रोक

Author Image
बिहिवार, कार्तिक ४, २०७३

पाकिस्तान,

indid pak

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरीटी (पेमरा)ले भारतीय टिभि च्यानलका सामग्रीमा रोक लगाएको छ ।

पाकिस्तान राजधानी इस्लामावादमा भएको बैठकले शुक्रबारदेखि नै भारतीय टिभी च्यानल बन्द गर्ने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानमा मिडिया नियन्त्रणका लागि पेमराले काम गर्दै आएको छ ।

पेमराले विज्ञप्ती निकालेर बताएको छ, ‘शुक्रबार २१ अक्टुबर दिउँसो तीन बजेदेखि पाकिस्तानमा भारतीय टिभी च्यानलको प्रसारण सम्पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

यसअघि पाकिस्तान सरकारले जसरी भारतमा पाकिस्तानी टिभी च्यानल प्रसारणमा रोक लगाइएको छ त्यसरी नै पाकिस्तानमा पनि भारतीय टिभी च्यानल प्रसारणमा रोक लगाउनुपर्ने जनाएको थियो । प्रतिबन्ध उल्लंघन गरे  कानूनी रुपमा कारबाही गरिने विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर