विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिकामा तीव्र गतिका कारण ट्याक्टर दुर्घटना हुँदा सोमबारराति चालकको मृत्यु भएको छ। पथरीशनिश्चरे–४ र ७ को सीमानामा पर्ने भित्री सडक खण्डमा उत्तरतर्फ आउँदै गरेको मे १ त ४१६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक मोरङको कानेपोखरी गाउँपालिका–५ का २१ वर्षीय टेकबहादुर अधिकारीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा अधिकारी गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा राति ८ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको खड्काले बताए। उनकाअनुसार चालकको साथमा ट्याक्टरको कागजपत्र र सवारी चालक अनुमति पत्र (लाइसेन्स)पनि थिएन। तीव्र गतिमा रहेका कारण नियन्त्रण गुमाउँदा ट्याक्टर दुर्घटनामा परेको पाइएको एसपी खड्काले जानकारी दिए। उनले घटनाका बारेमा अनुसन्धान थालिएको बताए।