Aamsanchar

झापा र मोरङका १/१ जना कोरोना संक्रमितको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु

Author Image
बुधवार, वैशाख १५, २०७८

विराटनगर-नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो ।

उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको दाहालले बताए । उनमा मधुमेहको पुरानै समस्या थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)