

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ जनामा पीसीआर परीक्षणमा ४हजार ७ सय ७४ र ९ सय ५५ एन्टिजेन परीक्षणमा १ सय ७४ गरी ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये २ हजार ३ सय ६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् ।

Views: 78


