पाँचथर-तेह्रथुमको आठराई गाउँपालिका-४ ईवामा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । बुधवार साँझ चट्याङ्ग लागेर ईवाका ४७ वर्षीय लोकमान गुरूङको ज्यान गएको प्रहरीले जनाएको हो । घरमै बसेका गुरूङलाई चट्याङ्ग लागेको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सङ्क्रान्ति बजारमा राखिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 154