Aamsanchar

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

Author Image
बिहिवार, कार्तिक ४, २०७३

धनगढी ।

deadbody-1

मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पु¥याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको देखिएपछि आफन्तले प्रहरीलाई उजुरी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमती र सालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर