

सुनसरी – कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको बताउँदै इटहरी उपमहनगरपालिकाले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ। इटहरी उपमहानगर कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको भन्दै नगर कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको जनाएको छ।

कार्यपालिकाको आपतकालीन बैठकपछि एक सूचना जारी गर्दै उपमहानगरपालिकाले आगामि वैशाख १९ गतेदेखि २४ गतेसम्म कार्यालयको अति आवश्यकीय कामबाहेक सबै सेवाहरू बन्द गर्ने जनाएको छ। उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारी र बिभिन्न शाखामा कार्यरत कर्मचारीहरूमा समेत कोरोना पुष्टि भएपछि सेवाग्राहिमा पनि संक्रमण देखा पर्नसक्ने खतरालाई मध्यनजर गर्दै उपमहानगरको सेवाहरू बन्द गरिएको जनाएको छ।


Views: 206


