Aamsanchar

आज ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि , १९ जनाको मृत्यु

Author Image
शनिवार, वैशाख १८, २०७८

काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर