Aamsanchar

कोरोनाले आमा–छोराको ज्यान लियो

Author Image
शनिवार, वैशाख १८, २०७८

प्रतिकत्मक तस्वीर ।

सुनसरी । सुनसरीको इनरुवाका कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । उनीहरुको तीन दिनको अवधिमा मृत्यु भएको हो । ८४ वर्षिया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षिय छोराको भने उपचारको क्रममा कोशी कोभिड अस्पताल बिराटनगरमा ज्यान गएको छ ।

सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रशासनले तीन दिनको अवधिमा आमा छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको जनाएको छ ।

मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । इनरुवामा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भने खुल्न सकेको छैन् ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर