Aamsanchar

उपत्याकामा निषेधाज्ञा थपगर्न तिन जिल्लाका प्रजिअहरु बैठकमा

Author Image
शनिवार, वैशाख १८, २०७८

काठमाडौं ।  काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा जारी गर्न ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरू बसेर निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

वैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञा २२ गतेसम्म रहने छ । त्यसपछि थप १ हप्ता निषेधाज्ञा लम्ब्याइने जनाइएको छ ।

यसैबीच, सीडीओ पराजुलीले शनिवार काठमाडौंमा निषेधाज्ञा कार्यान्वयनको अवस्थाबारे अवलोकन गरेका छन् । अवलोकनका क्रममा शनिवार सरकारी गाडी समेत चलेको पाइएकाले केही घण्टा रोकेर (होल्ड) राखिएको सीडीओ पराजुलीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर