Aamsanchar

नेपाललाई अमेरिकाले एक अर्ब ३० लाख अनुदान दिने

Author Image
आइतवार, वैशाख १९, २०७८

काठमाण्डाै – अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।  नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो । 

उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी) मार्फत  रकम उपलब्ध गराइने बताउनुभएको छ। ‘कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो अमेरिका नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उहाँको ट्विटमा भनिएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१