भोजपुर।
भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका ४ बस्ने ३० वर्षिय धुव्र दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षिय सन्तोष राई रहेका छन्। उनीहरु एक हजार दरका नक्कली नोट बोकेर गाउँमा रुद्राक्षको दाना खरिद गर्न हिड्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

उनीहरुको साथबाट घ १०००४००४६ र घ १०००४००६६ नम्बरको दुई थान नोट बरामद भएको छ। दुबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खोटा चलन अन्तरगत मुद्दा दर्ता गरी म्याद थप गरिएको छ।
Views: 176

