Aamsanchar

झापामा पहिलो दिन निषेधाज्ञामा उल्लङ्घन गर्ने ५३६ सवारीसाधन नियन्त्रणमा

Author Image
सोमवार, वैशाख २०, २०७८

झापाजिल्लामा पहिलो दिन नै निषेधाज्ञाको उल्लङ्घन गर्ने ५३६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक निषेश चापागाँईले् बताए । उनका अनुसार दुई पाङ्ग्रे ४७४ र चार पाङ्ग्रे ६२ वटा सवारीसाधन नियन्त्रण लिएको हो ।

बिर्तामोड, भद्रपुर, चन्द्रगढी, मेचीनगर, धुलाबारी, बुधबारे, शनिश्चरे, सुरुङ्गा, दमक, चाराआली, गौरीगञ्ज, गौरदाहबाट सो सवारीसाधन नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चापागाईँले बताए ।  जोर बिजोर प्रणाली अनुसार आज जोर नम्बरका सवारीसाधन चलाउनु पर्नेमा त्यसको उल्लङ्घन गर्दै बिजोर नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको उनको भनाई छ । नियन्त्रणमा लिएका सवारीसाधनलाई सम्बन्धित धनीलाई चेतावनी दिँदै बुझाउने कार्य भइरहेको उनले बताए ।

बजार पसल बन्दसरकारी कार्यालय सुनसान

जिल्लामा सञ्चालित औषधि, होटेल, रेष्टेरेन्टबाहेक अन्य पसल बिहान ६ बजेबाट ११ बजे सम्म मात्र खुलेका थिए । ११ बजेपछि झापा प्रहरीले बजार तथा पसल बन्द गराउँदै हिँडेका थिए । 

जिल्लामा निषेधाज्ञा जारी भएपछि जिल्लाका सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही न्यून देखिएका थिए । जसले गर्दा झापाको सदरमुकाम भद्रपुर सुनसान जस्तै थियो । सरकारी कार्यालयमा अत्यावश्यक कामबाहेकका अन्य सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । ‘कार्यालयले सेवा बन्द गरेपछि सदरमुकाममा सेवाग्राहीको चहलपहल घटेको हो, उनले भने ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर