Aamsanchar

रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु

Author Image
शनिवार, कार्तिक ६, २०७३

काठमाडौं।

a310e08dd602a59bce1eac63ce50261e3b729631

क्यामरुन एक यात्रुवाहक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ । याउन्ड र डेआला शहरको बीच एसेकामा यात्रुले भरिएका रेलका १० वटा डिब्बा लिकबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा तीन सयभन्दा बढी घाइते भएका छन् । अत्याधिक भारका कारण रेल दुर्घटना भएको हुनसक्ने बताइएको छ । ६ सय यात्रु क्षमताको रेलमा १३ सय सवार रहेको बताइएको छ ।

लगातारको वर्षाका कारण क्यामरुनको सडक ठाउँठाउँमा बिग्रिएकाले बसबाट यात्रा गर्न समस्या भएपछि रेलमा थप यात्रु लैजान नियमित भन्दा ८ वटा डिब्बा जोडिएको थियो ।

त्यहाँका यातायात मन्त्री एडगार्ड एलनले केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर