Aamsanchar

एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकियो, प्रधानमन्त्री पुगे राष्ट्रपति निवासमा

Author Image
बिहिवार, वैशाख २३, २०७८

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। झण्डै १ घण्टा बसेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका हुन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास गएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

यस्तै आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनको उम्मेदवार टुंगो लगाउन बसेको बैठक अनिर्णित बनेको छ। बैठक उपनिर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित हुने गरी विभिन्न तहमा छलफल गर्ने निष्कर्षमा पुगे पनि उम्मेदवार तोक्ने विषयमा अनिर्णित बनेको हो।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारलाई जिताउन विभिन्न तहमा छलफल गर्ने निर्णय भएको जानकारी दिँदै अर्को बैठकले उम्मेदवार टुंगो लगाउने बताए। यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा रामबहादुर थापा बादल नै पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा पनि छलफल भएको ज्ञवालीले बताए। ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने गरी अहिले भइरहेका छलफललाई पनि निरन्तरता दिनेबारे निर्णय भएको छ’ ज्ञवालीले भने। जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनमा लागि उम्मेदवार तय गर्ने विषयमा भने आजको बैठकमा छलफल नभएको परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता ज्ञवालीले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर