बाँके-पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । कोभिड सङ्क्रमण भइ भेरी अस्पतालमा उपचार गराइरहनुभएका पहाडीको गएराति ७७ वर्षको उमेरमा निधन भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा रहेको निवासमा होम आइसोलेशनमा रहनुभएका पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि हिजो मात्रै अस्पताल भर्ना गरिएको हो । डोल्पाबाट निर्वाचित सांसद पहाडी २०५३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो कानुन राज्यमन्त्री र पछि वन तथा भू-संरक्षण र आपूर्ति मन्त्री बन्नुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 47