Aamsanchar

औषधि कालोबजारी गर्ने एकजना पक्राउ, महाराजगंजको सेवक फर्मा शिल

Author Image
बिहिवार, वैशाख २३, २०७८

काठमाडौं । माहामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेमडेसिभिर इन्जेक्शनको कालो बजारीमा संलग्न एक व्यक्ति पत्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका वडा नं.–४ स्थायी घर भई हाल काठमाण्डौं टोखा बस्ने बर्ष–२५ को रफिक मिया रहेका छन् । रफिपलाई महानगरीय अपराध महाशाखा, मिनभबनको प्रहरी टोलीले पक्राउ गरेको हो ।

रेमडेसिभिर इन्जेक्शनको चरम कालोबजारी भाईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले खोजतलास गर्दा ६ थान रेमडेसिभिर इन्जेक्शनको मुल्य करिब ३० हजार पर्नेमा १ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि मोलमोलाई गरेर उक्त औषधि महाराजगंज स्थित रहेको सेवक फर्मामा बिक्री वितरण गर्न आएको अबस्थामा रफिपलाई पक्राउ गरिएको अपराध महाशाखाले जानकारी दिएको छ ।

निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधि ल्याएको खुल्न आएको छ । हाल निज दिपक ढकाल फरार रहेकोले महाशाखाले जनाएको छ ।

रेमडेसिभिर इन्जेक्शन बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड–१९ उपचारको लागि तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको छ । उक्त औषधि के कसरी औषधि पसलसम्म पु¥याईयो तथा यस प्रकरणमा अन्य क–कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर