Aamsanchar

काँकडभिट्टाको मेची पुलमा एक भारतीय नागरिकको मृत्यु

Author Image
बिहिवार, वैशाख २३, २०७८

झापा-मेचीनगर ६ स्थित काँकडभिट्टाको मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत पश्चिम बङ्गाल उत्तर दिनाजपुर जिल्ला रायगञ्जस्थित ठाकुरवाडा निवासी २६ वर्षीय भुवन पुजारी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए।

मृतक पुजारी विगत २ वर्षदेखि नुवाकोट विदुर नगरपालिका ३ बुटवलको एक पलाई उद्योगमा कार्यरत थिए। उनी पहिलैदेखि दीर्घरोगको बिरामी भएको र साथीसँग घर फर्किने भनेर त्यहाँबाट एम्बुलेन्स चढेर काँकडभिट्टा आइपुगेका थिए।

उनले त्यहाँबाटै वडा अध्यक्षको सिफारिसमा एम्बुलेन्समा आएको डिएसपी दाहालले जानकारी दिए। ‘घर फर्किन लाग्दा मेची पुलमै लडेको र त्यहाँ नै उनको मृत्यु भएको भयो,’ डिएसपी दाहालले भने, ‘उनी जन्डिस रोगबाट पनि ग्रसित थिए।‘

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर