युएई
प्रवासी भुजेल सेवा समिती युएई ले झापा जलथल गा. वि. स. वडा न.- १ निवासी निम्न आर्थिक अवस्थाका कारण मुटु रोगको उपचार गर्न नसकिरहनुभएकी श्रीमती दुर्गादेवी भुजेललाई गत कार्तिक ३ गते झापा सुरुङ्गामा एक कार्यक्रमका विच नगद सहयोग उपल्ब्ध गराएको छ ।
प्रवासी भुजेल समाज सेवा समितीका भुतपुर्व केन्द्रिय अध्यक्ष भिम खवास, समिती युएईका प्रथम उपाध्याक्ष सुर्य बहादुर भुजेल तथा सदस्य पदम भुजेलले संयुक्त रुपमा नगद ७४००० रुपैया पीडित दुर्गादेवीलाई हस्तान्त्रण गर्दा उनले हर्सविभोर बनिन् ।
लामो समय देखी आर्थिक अभावका कारण राम्रो उपचार पाउन नसकेकी भुजेलको अन्तत: शल्यक्रिया गरेर नै मुटुको भल्व फेर्नुपर्ने चिकित्सकले सल्लाह दिएपछी उनको परिवार आर्थिक विपत्तिमा परेको थियो । विभिन्न मिडिया तथा व्याक्तिहरुबाट पिडितको बारेमा सुचना पाएको र वास्तविक पहिचान गरी युएईमा रहेका प्रवासी भुजेल समुदायवाट पीडितका निमित्त आर्थिक सन्कलन गरिएको जानकारी प्रवासी भुजेल सेवा समिती युएईका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लहाकार सुर्य खवासले जानकारी दिएका छन ।
समिती युएईका प्रथम उपाध्याक्ष सुर्य बहादुर भुजेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा भुतपुर्व केन्द्रीय अध्यक्ष भिम खवासको प्रमुख आतिथ्यता रहेको थियो भने युएईका कार्यसमिती सदस्य पदम भुजेल तथा भुजेल समाज सेवा समिती झापाका अध्यक्ष गोकुल भुजेल अतिथि रहेका थिए । समितीले गरेको कामहरुको बारेमा प्रमुख अतिथी तथा अतिथिहरुले मन्त्वय राखेको कार्यक्रमको सन्चालन भुजेल सेवा समिती झापाका कोसाध्यक्ष भानु भुजेलले गरेका थिए । करिव ४ बर्षअघी युएईमा रहेका भुजेल समुदायहरुको भेलाबाट गठन भएको प्रवासी भुजेल समाज सेवा समिती युएईले झापामा रहेका आफ्ना समुदायका विपन्न वर्गका विपत्तिमा परेका व्याक्तिहरुलाई विगतदेखी नै सहयोग गर्दै आइरहेको छ ।