Aamsanchar

पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप

Author Image
शनिवार, वैशाख २५, २०७८

पाँचथर – पाँचथरमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप फैलिए पछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको हिलिहाङ र कुम्मायक गाउँपालिकामा फौजी किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताउनुभयो । उहाँका अनुसार हिलिहाङ गाउँपालिकामा मात्र ५ सय रोपनी क्षेत्रफलमा फौजी किराले मकै बालीमा क्षति पुर्याएको छ ।

हिलिहाङ गाउँपालिकाको प्रमुख खाद्यन्न बाली मकै हो । मकै बालीमा फौजी किराको प्रकोप देखिन थालेपछि ज्ञान केन्द्रबाट अनुदानमा उपलब्ध हुने विषादी किसानलाई वितरण गर्ने तयारी भइरहेको प्रमुख विष्टले बताउनुभयो । गएको वर्ष पनि जिल्लाका सबै पालिकामा किसानले लगाएको मकै बाली फौजी किराले सखाप पारेको थियो । जिल्लामा फौजी किराको प्रकोप बढ्न थालेपछि पालिकाहरुले नियन्त्रणका लागि सक्रियता देखाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)