Aamsanchar

मोरङमा थप सात जना कोरोना संक्रमितको मृत्यु

Author Image
आइतवार, वैशाख २६, २०७८

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर  स्थित   नोवेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पताल बूढीगंगामा शनिबार रातिदेखि आइतबार बिहानसम्ममा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराट मेडिकलमा सुनसरी इटहरीकी एक कोरोना संक्रमित महिलाको आइतबार बिहान मृत्यु भएको छ । इटहरी उपमहानगर ८ की ५४ वर्षीया महिलाको मृत्यु भएको हो । उच्च रक्तचाप र क्यान्सर रोगले पीडित उनमा कोरोना संक्रमण पुष्टि भएपछि २४ गते भर्ना भएको तर उपचारकै क्रममा मृत्यु भएको अस्पतालका इन्चार्ज डा. सुनील देवले बताए ।

यस्तै, नोवेल अस्पताल विराटनगरमा विराटनगर–१ त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, सुनसरीको धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर ४ की ३८ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको छ ।

यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका–१० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

 

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर