Aamsanchar

तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा सेवा सुरु

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

तुलसीपुर। तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ ।

अक्सिजन सहितको ५० बेडको अस्पतालको सम्पूर्ण तयारी पुरा भएपछि सोमबार राति पौने ११ बजेदेखि सेवा सुभारम्भ भएको हो । अस्पतालमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका –६ निबासी दुई जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

निरन्तरको मेहनत र संघर्षपछि तुलसीपुर कोरोना आइसोलेसन अस्पताल संचालनमा आएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । अस्पतालमा सेवा सुचारुभएसंगै नगर प्रमुख पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा संचालनमा विभिन्न तह र क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।  ‘तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल तुलसीपुर–८ अस्वारामा सेवा प्रारम्भ भएको छ ।अहोरात्र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, निर्माणमा खट्ने निर्माण व्यवसायी, तथा मजदुर, सहयोगी महानुभावहरु कर्मचारी, स्वयंमसेवक र स्थानीइ दाजुभाइ दिदीबहीनीहरु सबैलाई धन्यवाद

 

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर