Aamsanchar

नक्कली अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

बिर्तामोड । नागरिकहरु कोरोनाले छटपटाई रहेको अबस्थामा असहज परिस्थितको लगत फाईदा उठाउदै कलोबजारी गर्नेहरुको संख्या विगविगी बढिरहेको समाचारहरु आईरहेको बेला काठमाडौंमा नक्कली अक्सिमिटर (पल्स र अक्सिजनाको मात्रा नाप्ने यन्त्र) कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौं बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्रका संचालक शिखर श्रेष्ठ, बाजुरा खप्तड–६ घर भई ललितपुर कुपण्डोल बस्ने थुमराज उपाध्याय, स्याङजा पंचमुल–६ घर भई ललितपुर ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारी त्यसैगरी सुनसरी इनरुवा–६, हाल काडमाडौं जिल्ला भिमशेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि.मा काम गर्ने पुष्कर घिमिरे, मोरङ बिराटनगर–२ घर भई हाल काठमाडौं अनामनगर बस्ने आहा इन्डस्ड्रियल कम्पनी प्रा.लि.मा कार्यरत बिशाल आचार्य, सिन्धुपाल्चोक सुनकोशी–६ घर भई काठमाडौं बागबजार बस्तै आएका सन्तोष भण्डारी र भारत राजस्थान झुन्झुनु घर भई हाल काठमाडौं ढुङ्गेअड्डा बस्ने जगदिशप्रसाद रानासरिया रहेको महानगरीय अपराध महाशाखाका सुचना अधिकृत कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।

अक्सिमिटर कालोबजारी भईरहेको बिषेश सुचनाको आधारमा महानगरिय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले उत्पादन मितिको म्याद समाप्त, खरिद बिक्रीको मूल्य उत्पादन कम्पिनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको ७ सय ६५ थान नक्कली अक्सिमिटर मंगलबार प्रहरीले बरामत गरेको प्रवक्ता कोईरालाले जानकारी दिए ।
बरामत सामान र कालोबजारीमा संलग्न व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय काठामाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था बिभाग तथा वाणिज्य बिभाग समेतको संयुक्त टोलीले कालोबजारी ऐन अन्तरगत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठामाडौंमा पठाईको र कालोबजारीमा अरु क–कस्को संलग्नता रहेको छ भनेर थप अनुसन्धान भईरहेको अपराध महाशाखाले जनाएको छ ।

अक्सिमिटर कालोबजारी गर्ने व्यक्ति र औषधी बिक्रीकेन्द्रमा प्रहरीले छापामार्दा बायोप्लस फार्मेसी कुलेश्रबाट ८५ थान, नानोटेक फर्मा थापाथलीमा २४, चिरायु केडी भिमशेनगोलाबाट ९, भारतीय नागरिक जगदिशप्रसाद रानासरियाबाट ३९६ , सिन्धुपाल्चोकका सन्तोष भण्डारीबाट ९१, चिरायु केडी ग्रुपबाट १६० थान अक्सिमिटर बरामत भएको बताईएको छ । चिरायु केडी ग्रुप प्रा.लि. मा बरामत भएको नक्कली अक्सिमिटरहरु एन के. लोजिष्टिक, काठमाडौं एन. के. लोजिष्टिककै शाखा कार्यालय रुपन्देहीमा पठाईएको अबस्थामा स्थानिय प्रहरीको समन्वयनमा बरामत गरिएकोे जनाईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर