Aamsanchar

कनकाईका नगरप्रमुख डाक्टर र अक्सिजन लिएर कोभिड विरामीको घरघरमा

Author Image
बुधवार, वैशाख २९, २०७८

कनकाई ।  कोभिडले देशका गरिव ५० भन्दा धेरै जिल्लामा आक्रान्त पारिरहेको छ । कोभिडलाई नियन्त्रण गर्न केन्द्र सरकार र स्थानिय सरकारले अनेकौं प्रयासहरु गर्दै आएका छन् । कतिपय स्थानिय सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको जनगुनासो आईरहेको बेला झापाको कनकाई नगरपालिकाले भने कोभिड नियन्त्रयको लागि विभिन्न योजना सहित ठोस रुपमा कामहरु गर्दै आएको पाईएको छ ।

कनकाई नगरपालिकाले कोभिडका विरामीहरुलाई लक्षित गरेर डाक्टर अभिषेक नायकको नेतृत्वमा २० बेडको आईसोलेसन सेन्टर निर्माण गरेको छ । निषेधाज्ञाका कारण केही प्राविधिक उपकरणहरु जडान गर्न भने बाँकी रहेको बताईको छ । आईसोलेसन सेन्टर निर्माणको अलवा नगरपालिका भित्रका नागरिकहरुको लागि प्रदेश १ भित्र जुनसुकै ठाउँको अस्पताल सम्म विरामी पुर्याउन नगरपालिको एम्बुलेन्स निशुल्क प्रयोग गर्न पाउने गरी तयारी अबस्थामा राखिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

हाल कनकाई नगरपालिका भित्र १६० जना सक्रिय कोरोना संक्रमतिहरु रहेका छन् । सुरुंगा प्रार्थमिक स्वाथ्य केन्द्रमा कार्यरत डाक्डर अभिषेक नायकलाई नगरपालिकाले कोभिडको विरामीलाई परामर्स र उपचारको लागि कामगर्न जिम्मेवारी प्रदान गरेको छ । डाक्टर नायकले कोभिड पिडितहरुको घर घरमा पुगेर स्वास्थ्य परामर्स दिने काम गरिहरेका छन् । अहिलेको अवस्थालाई मध्यनजर गरेर २० जना सम्म विरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरेको छ । आजैबाट कोरोना विरामीहरुको उपचारका लागि २४ सै घण्टा सेवा दिनेगरी विशेष स्वास्थ्य र्यापिट एक्टिभ टिम तयार पारिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

‘विरामीहरुको घरमा जनप्रतिनिधी, चिकित्सक, स्वास्थ्यकर्मी औषधि र आवश्यक सामाग्रीहरु लिएर आउने गरेको’ कनकाई १ स्थित उप्रेती थरीका एक कोरोना संक्रमितले बताए ।
नगरप्रमुख आफै अक्सिजन र चिकित्कसहरुको टोली लिएर कोभिड विरामीहरुको घरमा पुग्ने गरेका छन् । कनकाई नगरमा अक्सिजन लिनुपर्ने अवस्थामा रहेका तिनजना कोभिड विरामीहरुलाई नगरपालिकाले अक्सिजन घरमै पुर्याई सकेको छ ।

नगरप्रमुख पोखरेलले नगरवासीहरुका लागि भनेका छन् ‘कोभिडका विरामीहरुले आत्मबल बढाउने, घरेलु र डाक्टरले लेखेको औषधि नियमित सेवन गर्ने, सन्तुलित खानेकुरा खाएर कोभिड संग लड्न र त्यती गर्दागर्दै पनि सारोभए नगरपालिकामा तुरुन्त फोन गर्नुहोला हामि अस्पताल पुर्याने छौं ।’ ‘यो अबस्थामा नगरपालिको मुख्य ध्यान कोभिड नियन्त्रणमा रहेकाले कोही नागरिकहरु कोभिड संग नडराउनु होस् । नगरपालिका हरदम साथमा छ’।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर