Aamsanchar

कर्णानालीमा ५ हजार २५६ जना सक्रिय संक्रमित

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

कर्णाली । कोरोना भाईरसले देशका धेरै जिल्लाहरुमा आक्रान्त पारिरहेको अबस्थामा कर्णाली प्रदेशमा पनि कोरोनाले स्थिती असामान्य बनाई सकेको छ । संक्रमितहरुको संख्या दैनिक बढदो छ । कोभिड–१९ कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म १३४ जनाको मृत्यु भएको छ ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर