

काठमाडौं-राफायल नाडालले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । रोममा भएको खेमला स्पेनिस खेलाडी नाडालले इटालियन ओपनको उपाधि जित्न सफल भएका हुन् । आइतबार राति भएको फाइनलमा नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् । विश्व नम्बर दुई रहेका नाडालले सर्बियन जोकोभिचमाथि ७–५, १–६ र ६–३ को सेटमा जित निकाले ।

यससँगै नाडालले १० औं पटक इटालियन ओपन जित्न सफल भएका हुन् । विश्व नम्बर एक खेलाडीलाई पराजित गरेका हुन् । महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् ।
Views: 178

