Aamsanchar

झापामा कोरोनाबाट छोराको मृत्यु भएको १ सातापछी बुबाको पनि कोरोनाकै कारण ज्यान गयो

Author Image
मङ्गलवार, जेठ ४, २०७८

झापा : भद्रपुर नगरपालिका-४ मन्त्रिबारीमा कोरोना भाइरस संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि संक्रमणबाटै बुबाको पनि मृत्यु भएको छ। ४८ वर्षीय छोराको गत वैशाख २८ मा मृत्यु भएको थियो। उनका ७६ वर्षीय बुवाको आज बिहान होम आइसोलेसनमै मृत्यु भएको हो।

परिवारका सदस्यलाई संक्रमण पुष्टि भएपछि ती वृद्धाको गत शुक्रबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका थिए। उनका छोराको मेची कोभिड उपचार केन्द्रमा मृत्यु भएको थियो। एक साता होम आइसोलेसनमा बसेका उनको श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको थियो। त्यस परिवारका अधिकांश सदस्यलाई कोरोना पुष्टि भएपछि उनीहरू पनि होम आइसोलेसनमा बसेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)