Aamsanchar

मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना संक्रमणमुक्त

Author Image
बुधवार, जेठ ५, २०७८

गुल्मी-गुल्मीमा मिर्गौला प्रत्यारोपण गरेका एक व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छ । रेसुङ्गा नगरपालिका–४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।२०७२ सालमा मिर्गौला प्रत्यारोपण गरेका भण्डारीले दरिलो आत्मबलले नै कोरोना जित्न सफल भएको बताए । कोरोना संक्रमित भएको बेला परिवार आफन्त तथा साथीभाइहरुको हौसला नै मुख्य औषधि हुने भण्डारीले बताए ।

कोरोना संक्रमण पुष्टि भएको २० दिनपछि उनी संक्रमणमुक्त हुन सफल भएका हुन् । आफन्तको हौसलाले मनमा उत्साह र डक्टरहरुको निरन्तर सम्पर्कमा रहेर निर्देशन पालना गरेर कोरोना संक्रमणमुक्त भएको भण्डारीले बताए । भण्डारीले कोरोना संक्रमण भएपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘म किड्नी ट्रान्सप्लान्ट गरेको बिरामी त्यसैमा पनि कोरोनाको संक्रमणबाट आक्रान्त हुँदा बाँच्ने झिनो आशा बोकेर संघर्षको मैदानमा होमिए’ । ‘अनि करिब २० दिनको एकान्तबासमा सहभागी भए । त्यो समय मेरा लागि एक वर्षभन्दा नि लामो भयो,’ भण्डारीले भने, ‘घरिघरिको त्यो पीडा सहन नसकेर छट्पटिइरहँदा परिवारको मीठो साथ र आफन्तको हौसलाले कताकता मनमा उत्साह पलाउन थाल्यो अनि डाक्टरहरुको निरन्तर सम्पर्कमा रहेर उहाँको निर्देशन निरन्तर फलो गर्न थाले ।’ कोरोना रिपोर्ट नेगेटिभ आएपछि गाउँ छिमेक सबैमा खुसीयाली छाएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर