Aamsanchar

तुलसीपुर मेट्रो अस्पतालाई अक्सिजन कन्सट्रेटर सहयोग

Author Image
बुधवार, जेठ ५, २०७८


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ नम्बर वडाले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालका लागि २ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो । अक्सिजको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष नवराज लामीछानेले जानकारी दिनुभयो ।

कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी छटपटीएका बेला अक्सिजन कन्सट्रेटर उपकरण खरिद गरेर कोरोना आइसोलेसन अस्पताललाई दिने ६ नम्बर वडा १९ वटा वडा मध्य पहिलो हो । कन्सट्रेटर मंगलबार रातिदेखि संचालनमा आएको छ ।

यसैबिच नेपाल रेडक्रस दाङले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ ।

अस्पतालमा संचालित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि ३ वटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, ५ वटा टेबुल पंखा, ५० वटा गिलास दिएको रेडक्रसले जानकारी दिएको छ ।

रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बिच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलेलाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।

दलित महिला संघद्धारा तुलसीपुर कोरोना आइसोलेसनलाई एक लाख सहयोग
दलित महिला संघ दाङले तुलसीपुर मेट्रो अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताउनुभो ।
यसैबिच कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखरकोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गर्नु भएको छ ।

यसैगरी नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गर्नुभएको छ ।

 

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर