Aamsanchar

एन्फा अध्यक्षमा नरेन्द्र निर्वाचित

Author Image
सोमवार, कार्तिक ८, २०७३

काठमाडौँ।

anfa-president-1024x683

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी हुनुभएको छ ।  नेपाली फुटबलको अभिभावकीय संस्था एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि यहाँ आज निर्वाचन सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी हुनुभएको छ ।

एन्फाका कावा अध्यक्ष श्रेष् अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित हुनुभएको हो । जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाउनुभयो । त्यस्तै उपाध्यक्ष विजेता कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि पार्नुभएको हो, जसमा कुँवरले ३४, खातीले २५ तथा सिंहले आठ मत प्राप्त गरे ।

यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारका मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । नयाँ नेतृत्वले थापाको बचेको डेढ वर्षको कार्यकाल सम्हाल्नेछ । विधानानुसार त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ । थापालाई गत वर्ष विश्व फुटबल महासङ्घ (फिफा) ले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

नवनिर्वाचित श्रेष्ठले फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)को सहयोग नेपाली फुटबलमा भित्र्याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर